वडा नं. ४

पाँचखाल नगरपालिकाको वडा नं. ४ साविक पाँचखाल गा.वि.स. वडा नं. ६ अन्तर्गत रहेको थियो । यस वडाको जम्मा जनसंख्या ३१७८ रहेको छ जसमा १५९७ पुरुष र १५८१ महिला छ भने ७२३ घरधुरी रहेको छ । यस वडाले बजार क्षेत्र समेट्छ । श्री सुन्दर तामाङ २०७४ को स्थानीय तह निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनु भई कार्यभार सम्हाल्नु भएको छ । बाहुन, क्षेत्री, दनुवार आदिको वसोवास रहेको यस वडामा बजार क्षेत्र पर्ने हुनाले वाक्लो वस्ती हुनुका साथै वसाईसराई गरी आउनेहरुको पनि बाक्लो बसोवास छ ।

Nepali
Population: 
३१७८
Ward Contact Number: 
०११४९९३८८