FAQs Complain Problems

समाचार

वडा नं. ५

पाँचखाल नगरपालिकाको वडा नं. ५ साविक गा.वि.स. वडा नं. १,२,३ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २६५४ रहेको छ जसमा १२८९ पुरुष र १३६५ महिला र ५९९ घरधुरी रहेको छ । श्री बालकृष्ण सापकोटा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो र २०७९ स्थानीय तह सदस्य निर्वाचनबाट सीता राम ढुंगाना निर्वाचित हुनु भएको हो । अरु वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ । बाहुन, क्षेत्री, तामाङ आदिको वसोवास रहेको यस वडामा हरियाली भएको भिरालो जमिन रहेको छ । अरनिको राजमार्गले छुने यस क्षेत्रमा होटेल व्यवसाय पनि बढ्ने क्रममा छ ।

Nepali
Population: 
२६५४
Ward Contact Number: 
०१६२२७४५२
Weight: 
0