संक्षिप्त परिचय

पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको पाँचवटा तत्कालिन गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ वैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयवाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच ओटा गाविसहरु क्रमंश: पाँचखाल, होक्सेवजार, देवभूमि वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७३/११/२७ को मन्त्रि परिषद्को निर्णय अनुसार थप साविकका दुई खरेलथोक र कोशीदेखा गाविस गरी  सात वटा साविकका गाविसहरु मिलि हाल यस पाँचखाल नगरपालिकाको नयाँ भौगोलिक संरचना बनेको छ । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग